आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

तीर्थ लामा काभ्रे क्षेत्र नं. १ प्रदेश (ख) को उम्मेदवार

गोकर्णेश्वर खबर२३ आश्विन २०७९, आईतवार ०८:१३ मा प्रकाशित (१ साल अघि) ३१९ पाठक संख्या

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसले काभ्रेका सभापति तीर्थ लामालाई काभ्रे क्षेत्र नं. १ प्रदेश (ख) को उम्मेदवार बनाएको छ ।

सभापति लामा काभ्रे क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि एकल सिफारिस भएका थिए ।

मंसिर ८ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि गठबन्धनका दलहरुको बीचमा काभ्रे जिल्लाका निर्वाचन क्षेत्र तानातानमा परिरहेको बेला कांग्रेसले जिल्ला सभापतिलाई प्रदेश तर्फ उम्मेदबार बनाउने भएको हो ।

यसैगरी, काभ्रे क्षेत्र नं. २ प्रदेश (ख) मा कञ्चन बादेले टिकट पाएका छन् ।