आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

गोकर्णेश्वर युवा उपकार क्लबले वडादशैं कप प्रतियोगिता आयोजना गर्ने

गोकर्णेश्वर खबर२८ भाद्र २०७९, मंगलवार २३:२३ मा प्रकाशित (१ साल अघि) २४९ पाठक संख्या

२८ भदौ, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लबले वडादशैं रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता २०७९ आयोजना गर्ने भएको छ ।

क्लबले वडादशैंको अवसरमा विगतमा जस्तै यस वर्ष पनि गोकर्णेश्वर गरपालिका वडा नं ४ का विभिन्न टिमहरु बिच वडादशैं रनिङ्ग शिल्ड फुटवल प्रतियोगिता २०७ आयोजना हुने भएको हो ।

क्लबले प्रतियोगितामा सहभागी हुन इच्छुक टिम तथा खेलाडी साथीहरुलाई आवश्यक तयारी गर्न सार्वजनिक सुचना जारी गर्दै वडादशैं रनिङ्ग शिल्ड फुटवल प्रतियोगिता २०७९ मा सहभागी टिमहरुलाई खेल तयारीका लागि ११ वटा फुटबल प्रदान गर्ने जनाएको छ ।

आयोजक क्लबले प्रतियोगिता सम्बन्धी विस्तृत विवरण केही दिनपछि सार्वजनिक सुचना मार्फत अवगत गराउने व्यहोरा समेत अनुरोध गरेको छ ।