आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

कात्तिकदेखि धाप ड्यामबाट वागमतिमा पानी बगाउन शुरु हुने 

गोकर्णेश्वर खबर२७ भाद्र २०७९, सोमबार २३:०९ मा प्रकाशित (१ साल अघि) २५२ पाठक संख्या

२७ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. १ मा बनाईएको धाप ड्यामबाट कात्तिक महिनाबाट वागमतिमा पानी छाडिने भएको छ । धाप ड्याममा पानी संकलन गरी वागमती नदीमा बगाउने तयारी अन्तिम चरणमा पुगिसकेको छ ।

बाँधमा संकलन गरिएको पानी वागमतिमा बगाएर बागमतिलाई स्वच्छ सफा बनाउने र सदाबहार पानी बगाउने उदेश्य रहेको छ । यस बाँधबाट कात्तिक महिनादेखि पानी बगाउन शुरु गर्ने गरी तयारी भईरहेको हो ।

शिवपुरी राष्ट्रिय निकुञ्जको अग्लो स्थान धापमा बनाईएको धापमा २४ मिटर अग्लो बाँध बाँधेर वर्षाको पानी संकलन भईरहेको छ । बाँध निर्माणको कार्य अहिलेसम्म करिब ९८ प्रतिशत पुरा भईसकेको छ । धाप बाँधमा वाषिर्क ८ लाख ५० हजार घन मिटर पानी संकलन गर्ने क्षमता रहेको छ ।