आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित सन्दीप लामिछानको निर्दाेष रहेको दाबी 

गोकर्णेश्वर खबर२४ भाद्र २०७९, शुक्रबार ०८:०८ मा प्रकाशित (१ साल अघि) ११३ पाठक संख्या

२४ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित सन्दीप लामिछानले आफू निर्दाेष रहेको दाबी गरेका छन् । नाबालिका बलात्कारको जाहेरी परेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित भएका सन्दीप लामिछानले आफू निर्दाेष रहेको दाबी गर्दै छिट्टै नेपाल फर्किएर अनुसन्धान प्रक्रियालाई सघाउने बताएका छन् ।

सन्दीपले सीपीएलबाट आफूले बिदा लिने निर्णय गरेको र केही दिनमै नेपाल फर्केर कानुनी प्रक्रियामा सघाउने सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै बताएका छन् ।

उनले आफूमाथी लागेको आरोप निराधार रहेको बताउँदै आरोपको सामना गर्न तयार रहेको बताएका छन् । उनले निष्पक्ष छानबिन हुनेमा आशावादी रहेको भन्दै कानुन सबैका लागि बराबरी हुनेमा पनि आफू विश्वस्त रहेको बताएका छन् ।

सन्दीपका नाममा एक नाबालिकाले आफूमाथि सन्दीपले बलात्कार गरेको जाहेरी प्रहरी वृत्त गौशालामा दिएकी छन् । अदालतले सन्दिपलाई पक्राउ पुर्जी जारी गरेको छ । बिहिबार नेपाल क्रिकेट संघ क्यानले लामिछानेलाई निलम्बन गरिसकेको छ ।