आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

एमाले काठमाडौं क्षेत्र नम्बर ३ प्रदेश सभा उम्मेदवारमा चन्द्रमान लामा र रामेश्वर फुयाँल सर्वसम्मत 

गोकर्णेश्वर खबर१७ भाद्र २०७९, शुक्रबार १९:२१ मा प्रकाशित (१ साल अघि) ६२० पाठक संख्या

१७ भदौ, काठमाडौं । नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ३ मा प्रदेशसभाका उम्मेदवार टुङ्गो लगाएको छ । एमाले काठमाडौंले सर्वसम्मत रुपमा क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभा ‘क’ र ‘ख’ का लागि शुक्रवार उम्मेदवार टुङ्गो लगाएको हो ।

एमाले काठमाडौंले प्रदेश सभा ‘क’ का लागि चन्द्रमान लामा र प्रदेश सभा ‘ख’ का लागि रामेश्वर फुयाँलको नाम सर्वसम्मत रुपमा टुङ्गो लगाएको छ ।

प्रदेश सभाका लागि उम्मेदवारमा सिफारिस भएका लामा बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष हुन् भनें फुयाँल वागमति प्रदेशका वर्तमान साँसद समेत हुन् ।

यसैगरी,  एमाले काठमाडौंले क्षेत्र नं. ३ मा वर्तमान संघीय सांसद कृष्ण राईलाई गत बुधबार सर्वसम्मत रुपमा सिफारिस गरेको थियो ।