आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

आरुबारी शिरानमा रहेको मेलम्चि खानेपानी ट्यांकी परिसरमा पहिरो

गोकर्णेश्वर खबर१५ भाद्र २०७९, बुधबार १०:४७ मा प्रकाशित (१ साल अघि) ३९५ पाठक संख्या

१५ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ९ मा रहेको मेलम्चिको खानेपानी ट्यांकीको कम्पाउण्ड वाल पहिरोले भत्केको छ । महांकाल चौर (२) खानेपानी ट्याँकी पनि भनिने आरुबारी शिरानमा रहेको ट्याँकिको कम्पाउण्डको पर्खाल भत्किएको हो ।

हिजो घर बनाउन जग्गा सम्माउने काम भएकोमा राती १२ बजेतिर* पर्खाल ढलेको स्थानीयले बताए । पर्खाल लडेर डोजरमा क्षति पुगेको छ । घटनाको प्रकृति हेर्दा कम्पाउण्डको वाल नै कमजोर देखिएको वडा अध्यक्ष राजिव थापाले बताए ।

पहिरोका कारण चर्किएर भासिएको जमिन र कमजोर पर्खालको कारण जोखिम बढ्ने देखिएको थापाले बताए । पहिरो बढेमा ट्ंयांकीमा नै असर गर्ने जोखिम रहेको छ । पानी परे पहिरो बढ्ने जोखिम रहेकोले पहिरो भन्दा मुनिको घरमा समेत असर पर्न सक्ने जानकारी प्राप्त भएको छ ।

*सम्पादन गरिएको