आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

समाजसेवी चन्द्र दीप लामा ‘काजु’ काठमाडौं क्षेत्र नं. ३ (क) प्रदेश सभा उम्मेदरवारको आकांक्षी

गोकर्णेश्वर खबर१४ भाद्र २०७९, मंगलवार ११:५० मा प्रकाशित (१ साल अघि) २५१ पाठक संख्या

१३ भदौ, काठमाडौं । समाजसेवी तथा व्यवसायी चन्द्र दीप लामा ‘काजु’ ले काठमाडौं क्षेत्र नं. ३ (क) प्रदेश सभा उम्मेदरवारको आकांक्षी भएको बताएका छन् । लामाले आज गोकर्णेश्वर खबरसँग कुराकानी गर्दै आफूले प्रदेश सभा उम्मेदरवारका लागि लामो समय देखि तयारी गर्दै नेता कार्यकर्तासँग निरन्तर भेटघाट छलफल गरिरहेको बताए । उनले आफूले राजनीतिलाई समाजसेवाको रुपमा लिएको भन्दै काठमाडौं क्षेत्र नं. ३ का साथै (क) प्रदेश अन्र्तगतका क्षेत्रको विकासका लागि योगदान दिने उदेश्य बोकेर प्रदेश सभा उम्मेदरवारको लागि आकांक्षी भएको बताए ।