आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन सुरु, अन्तिम नामावली भोलि

गोकर्णेश्वर खबर१४ बैशाख २०७९, बुधबार ११:१२ मा प्रकाशित (२ साल अघि) ६४० पाठक संख्या

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि ९जाँचबुझ० छानबिन थाल्ने भएको छ ।

प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए । आज र भोलि छानबिन गरेर आयोगले निर्णय पनि लिनेछ ।

आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ ।

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन साढे एक लाखले उम्मेदवारी दिएका छन् ।