आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

गोकर्णेश्वरको मेयरको उम्मेदवारमा कांग्रेसबाट दीपक रिसाल तय

गोकर्णेश्वर खबर१२ बैशाख २०७९, सोमबार १३:५२ मा प्रकाशित (२ साल अघि) १३०७ पाठक संख्या

१२ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको मेयरमा दीपक रिसाल उम्मेदवार हुने भएका छन् । नेपाली कांग्रेसको तर्फबाट गोकर्णेश्वरको मेयरमा दीपक रिसाल र उपमेयरमा शान्ति नेपाल सिफािरिस भएका छन् ।

स्थानीय तह निर्वाचन प्रयोजनको सन्दर्भमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिको मिति २०७२ वैशाख ११ गतेको निर्णय अनुसार मेयर र उपमेयर सिफारिस भएका हुन् । मेयरमा सिफारिस रिसाल नेपाली कांग्रेस क्षेत्र नं. ३ का सचिव हुन् भनें उपमेयरमा सिफारिस नेपाल गोकर्णेश्वरकै उपमेयर हुन् ।