आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

सान्नानी लामा गोकर्णेश्वरको उपमेयरमा एमालेको उम्मेदवार

गोकर्णेश्वर खबर१२ बैशाख २०७९, सोमबार ११:०८ मा प्रकाशित (२ साल अघि) २०२६ पाठक संख्या

१२ वैशाख, काठमाडौं । नेकपा एमालेले गोकर्णेश्वर नगरपालिकाको उपमेयर सान्नानी लामालाई बनाउने भएको छ । लामा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को वडा सदस्य तथा जिल्ला समन्वय समिति काठमाडौंका सदस्य हुन् ।

गोकर्णेश्वर नगरपालिकाको उपमेयरमा सिफारिस भएकी लामा शालिन र भद्र नेतृ मानिन्छिन् । लामा नेकपा एमालेको काठमाडौं जिल्ला सदस्य समेत हुन् ।

आज दिउसो १ बजे उम्मेदवारी दर्ता गराउन जाने गोकर्णेश्वर एमालेका एक नेताले बताए ।

उपमेयरमा सिफारिस भए पछि गोकर्णेश्वर खबरलाई प्रतिक्रिया दिंदै लामाले पार्टी र नगरवासीको विश्वासलाई सम्मान गर्ने बताईन् । उनले आफूलाई जिताउन आग्रह गर्दै आफूले नगरको विकास र नगरवासीको हितमा राम्रो काम गर्ने बताईन् । कसैलाई निराश हुन नदिने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।