आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

सत्तारुढ गठबन्धन दलहरुले पाँच दल बाहिर तालमेल नगर्ने 

गोकर्णेश्वर खबर११ बैशाख २०७९, आईतवार २१:०९ मा प्रकाशित (२ साल अघि) ३०१ पाठक संख्या

११ वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुले पाँच दल बाहिर तालमेल नगर्ने भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक उक्त निर्णय गरेको हो ।

बैठकले सोमबार मनोनयन दर्ता गर्नु अघि पार्टी अध्यक्षहरूको बैठक बसी भागबण्डा मिलाउन अधिकतम कोशिस गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी उपेन्द्र यादव र नेता बाबुराम भट्टराई सहभागी थिए ।