आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

गोकर्णेश्वरको मेयर र उपमेयरमा एकिकृत समाजवादी र माओवादी केन्द्रबीच सहमति

गोकर्णेश्वर खबर११ बैशाख २०७९, आईतवार २०:०७ मा प्रकाशित (२ साल अघि) १४८९ पाठक संख्या

११ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि गोकर्णेश्वर नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने सहमती भएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको मेयर पदको उम्मेद्वारमा नेकपा एकीकृत समाजवादीको तर्फबाट गोपाल बराललाई सिफारिस गरिएको छ भने उपमेयरमा माओवादी केन्द्रको तर्फबाट पेमा छिरी शेर्पालाई सिफारिस गरिएको छ ।

जोरपाटी निवासी बराल नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य समेत हुन् । त्यस्तै पेमा छिरि शेर्पा नेकपा माओवादी केन्द्र बागमति प्रदेश परिषद सदस्य एवम् गोकर्णेश्वर नगर इन्चार्ज समेत हुन् । दुई पार्टीवीचको सहमतिपछि नगरपालिकाभित्रका वडाहरुमा पनि भागबण्डा टुंगो लगाएको छ ।

नगरभित्रका ९ वटा वडाहरुमध्ये ६ वटा वडाहरुमा माओवादी केन्द्र र बाँकी ३ वटामा समाजवादीलाई दिने सहमति भएको छ । जसमध्ये १,२,३,५,७,९ वडाहरु माओवादी केन्द्रले लिएको छ भने ४,६,८ वडाहरु एकीकृत समाजवादीको भागमा परेको छ ।

चुनावलाई सफल बनाउन दुई पार्टीको प्रयास निकै सकारात्मक भएको घोषणा गर्दै वैशाख १२ गते उम्मेद्वारी मनोनयन दर्ता हुने भएको छ । यसैगरी भोली बाजागाजा र झाँकी सहित उम्मेदवारी दर्ता गर्ने तयारी भएको छ ।