आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

कांग्रेसबाट गोकर्णेश्वरको मेयरमा दीपक रिसाल र कुमार लामा सिफारिस

गोकर्णेश्वर खबर९ बैशाख २०७९, शुक्रबार ०९:५६ मा प्रकाशित (२ साल अघि) १६०८ पाठक संख्या

९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसबाट गोकर्णेश्वर नगरपालिकाको मेयरको उम्मेदवारमा दीपक रिसाल र कुमार लामा सिफारिसमा परेका छन् ।

नगर कमिटीले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ का सचिव रिसाललाई पहिलो नम्बरमा र नगर समितिका सभापति लामालाई दोस्रो नम्बरमा राखेर मेयरको उम्मेदवार सिफारिस गरेको हो ।

यसैगरी उपमेयर उम्मेदवारमा शान्ति नेपाल, गीता सिंखडा र लेख कुमारी पुडासैनी गरी तीन जना सिफारिसमा परेका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा हालका मेयर एवम् कांग्रेस क्षेत्रीय सभापति सन्तोष चालिसेलाई सघाएको बताएका रिसालले यस पटक आफू उम्मेदवार बन्ने आकांक्षा राखेका थिए ।

क्षेत्रीय समितिले उम्मेदवारबारे मागेको सुझावमा नगर कमिटीले रिसालको सामाजिक प्रभाव बढी भएको भन्दै मेयर उम्मेदवार बन्न योग्य भनेर सिफारिस गरेको छ । रिसाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ को सचिव समेत हुन् ।