आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

गोकर्णेश्वर ९ को वडा सदस्यमा सुजित सिंह ठकुरीको दावी

गोकर्णेश्वर खबर८ बैशाख २०७९, बिहीबार १८:३० मा प्रकाशित (२ साल अघि) ८२६ पाठक संख्या

८ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ९ को वडा सदस्यमा सुजित सिंह ठकुरीले उम्मेदवारी दावी गरेका छन् । बैशाख ३० गते हुने स्थानीय चुनावका लागि नेपाली कांग्रेसका तर्फबाट ठकुरीले वडा सदस्यमा दावी गरेका हुन् ।

नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ९ इकाई सहकोषाध्यक्ष समेत रहेका ठकुरी सामाजिक, राजनीतिक क्षेत्रमा समेत सक्रिय छन् ।

ठकुरीले वडाको विकासमा युवा परिचालन गर्ने, खेलकुदको विकास गर्ने, सुलभ स्वास्थ्यसेवा, गुणस्तरीय शिक्षा तथा बेरोजगारी सम्वन्धि समस्या हल गर्नका लागि विशेष कार्य गर्ने उदेश्यका साथ आफूले वडा सदस्यमा उम्मेदवारीका लागि दावी गरेको गोकर्णेश्वर खबरलाई बताए ।