आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

गठबन्धनको महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार टुङ्गियो

गोकर्णेश्वर खबर७ बैशाख २०७९, बुधबार २०:१३ मा प्रकाशित (२ साल अघि) ४७८ पाठक संख्या

७ बैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा टुङ्ग्याएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा मिलाएको हो ।

गठबन्धन बैठकले काँग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखको टुंगो लगाएको छ भने वीरगञ्ज,भरतपुर र पोखरा महानगरपालिकामा उप मेयरको टुंगो लगाएको छ । त्यस्तै काँग्रेसलाई धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका प्रमुखमा टुंगो लागेको छ भने जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा उपप्रमुखको टुंगो लागेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रलाई भरतपुर महानगरपालिका प्रमुखमा टुंगो लागेको छ भने ललितपुर महानगरपालिकामा उपप्रमुखमा टुंगो लागेको छ । त्यस्तै माओवादी केन्द्रलाई जितपुर सिमरा र घोराही उपमहानगरपालिका प्रमुखमा टुंगो लागेको छ भने धरान र धनगढी उपमहानगरपालिकामा उपप्रमुखमा टुंगो लागेको छ ।