आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

विकास प्रेमी नेतृत्व खाँचो रहेको भन्दै वडा अध्यक्षमा जन्जित के.सी.को दावी

गोकर्णेश्वर खबर७ बैशाख २०७९, बुधबार १९:५७ मा प्रकाशित (२ साल अघि) ७१८ पाठक संख्या

७ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ३ को वडा अध्यक्षमा जन्जित के.सी.ले उम्मेदवारी दावी गरेका छन् ।

बैशाख ३० गते हुने स्थानीय चुनावका लागि नेपाली कांग्रेसका तर्फबाट के.सी.ले वडा अध्यक्षमा दावी गरेका हुन् । उनले वडामा विकास प्रेमी नेतृत्वको खाँचो रहेको महशुष गरी वडा अध्यक्ष पदमा दाबी गरेको बताए ।

२२ वर्ष देखि नेपाली कांग्रेसको क्रियाशिल सदस्य रही राजनीतिमा निरन्तर सक्रिय के.सी.ले यस पटक पार्टीले न्याय गरी आफूलाई वडा अध्यक्षको उम्मेदवार बनाउने विश्वास व्यक्त गरेका छन् ।

वडाको विकासका लागि युवा युवा नेतृत्व आवश्यक रहेकोमा जोड दिंदै उनले स्थानीय स्तरमा पार्टीलाई जिताउन युवा परिचालन प्रभावकारी हुनु पर्ने गोकर्णेश्वर खबरलाई बताए ।

समाजका हरेक क्रियाकलापमा साथ दिदै आएकाले आफू अध्यक्षको बलियो दावेदार भएको बताउँदै उनले आफूलाई जनताले साथ दिने बताए । के.सी.ले यसपटक पार्टीले आफूलाई टिकट दिए अध्यक्ष पदमा विजयी हुने दावी गरे ।