आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

नवजीवन परोपकार समाज भवन शिलान्यास तथा सम्मान

गोकर्णेश्वर खबर२० चैत्र २०७८, आईतवार २२:५४ मा प्रकाशित (२ साल अघि) ५५६ पाठक संख्या

२० चैत, काठमाडौं । नवजीवन परोपकार समाजले वार्षिक उत्सवको अवसरमा जेष्ठ नागरिक भवन शिलान्यास तथा सम्मान कार्यक्रम गरेको छ । शनिवार नवजीवन परोपकार समाजले वार्षिक उत्सव सम्पन्न गरेको हो । समाजले चौथो वार्षिक उत्सवको अवसर पारेर करिब एकसय जना बस्न मिल्ने अपाङ्ग मैत्री जेष्ठ नागरिक भवन निर्माण गर्न लागेको हो । समाजले जेष्ठ नागरिकलगायत अन्य सडक मानवको उद्दार एवम् उपचार पुर्नंस्थापनाका कार्य गर्दै आईरहेको छ ।

समाजले जेष्ठ नागरिक भवन शिलान्यास तथा सम्मान कार्यक्रमको अवसरमा टेलिभिजनकर्मी प्रकाश सुवेदी, नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक दिपक समिर, डा.उदीप श्रेष्ठ, सुनौलो पाईलाका अध्यक्ष रोजिना विष्ट (रोज), विशाल भण्डारी, सूर्य किरण महिला समिति, धनेश्वर मेगा समिती, मदनकृष्ण शर्मा, समाजसेवीलगायतलाई सम्मान गरेको थियो । संस्थाका विभिन्न कार्यक्रममा उल्लेख्य सहयोग तथा कोरोनाको समयमा खटिएर काम गरेको भन्दै विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको हो ।

कार्यक्रम राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेलको प्रमूख आतिथ्यतामा भएको थियो ।