आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु

गोकर्णेश्वर खबर१६ चैत्र २०७८, बुधबार १३:३० मा प्रकाशित (२ साल अघि) १३११ पाठक संख्या

१६ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.१ सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको छ । विद्यार्थीको मृत्यु भएपछि आक्रोसित स्थानीयले ट्रिपरमा तोडफोड गरेका छन्, सडक अबरुद्ध पारेका छन् ।

वल्र्ड युथ इन्टरनेश्नल स्कुलमा अध्ययरत सृष्टी र श्रेया घिसिङको टिपरको ठक्करबाट मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको हो ।

आक्रोशित स्थितिलाई नियन्त्रणमा लिन बाक्लो प्रहरी परिचालन गरिएको छ । प्रहरीले केही राउण्ड अश्रुग्याँससमेत प्रहार गरेको छ ।

बिहान ८ बजे दुई जनालाई उनीहरुका बुबाले मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले दोबाटो नजिक भित्रि सडकमा ठक्कर दिंदा २ विद्यार्थीको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा उनीहरुका बुबा रोहन घिसिङ गम्भीर घाइते भएका छन् । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

चालकले टिपर ब्याक गरेर किचेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् । उनीहरुले चालकलाई कडा बारवाही गर्न माग समेत गरेका छन् ।