आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

गोकर्णेश्वर ८ मा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

गोकर्णेश्वर खबर१३ चैत्र २०७८, आईतवार ०९:१३ मा प्रकाशित (२ साल अघि) ४६३ पाठक संख्या

१३ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को सहयोगमा वडा नं. ८ का विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

शनिबार वडा नं. ८ स्थित मिजारटोलमा वडा अध्यक्ष तथा प्रमुख अतिथी मनोजकुमार ढुंगानाले स्टेशनरी, ब्याग तथा जुत्ता वितरण गरेका हुन् ।
दलित समुदायका ३५ जना विद्यार्थीलाई स्टेशनरी, ब्याग तथा जुत्ता वितरण गरिएको छ ।

शनिबार आयोजित कार्यक्रम गणेश चोक टोल सुधार समितिका अध्यक्ष रामकृष्ण बस्यालको सभापतित्वमा भएको थियो भनें वडा सदस्य सोविता मिजारसहित अविभावक र विद्यार्थीहरुको उपस्थितीमा कार्यक्रम भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष ढुंगानाले समाजका सबै वर्गको विकास र उत्थानका लागि वडाले काम गर्ने भएकोले आफ्नो समुदायको हितमा स्थानीय सरकारसँग एकताबद्ध भएर अगाडी बढ्न आग्रह गर्दै विद्यार्थीहरुको उज्वल भविष्यको कामना समेत गरे ।