आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

समुदाय सक्रिय र सचेत भए स्थानीय सरकार प्रभावकारी बन्छ : नगर प्रवक्ता मनोज कुमार ढुंगाना

गोकर्णेश्वर खबर२९ फाल्गुन २०७८, आईतवार २१:१४ मा प्रकाशित (२ साल अघि) ४२९ पाठक संख्या

२९ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले समुदाय सक्रिय र सचेत भए स्थानीय सरकार प्रभावकारी हुने बताएका छन् । शनिबार ढुंगेधारा हाईट टोल सुधार समितिको ५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वडा अध्यक्ष ढुंगानाले सो बताएका हुन् ।

समुदायले विकासका लागि टोल बस्तीबाटै एकताबद्ध भएर स्थानीय सरकारका काम कारवाहीमा चासो राख्दै सहयोग गरे समुदायको विकासमा टेवा पुग्ने बताए । उनले समुदायको विकासबाट मात्रै स्थानीय सरकारको सफलता देखिने बताए ।

ढुंगानाले भनें – ‘तपाईहरु क्रियाशिल भएकै कारण हाम्रो वडाले पनि धेरै काम गर्न सकेको छ ।’ समुदायको सक्रियता र सहयोग विना स्थानीय सरकार सफल नहुने बताउँदै उनले विकासका लागि सक्रिय र रचनात्मक सहयोगका लागि आग्रह गरे ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा रहेको ढुंगेधारा हाईट टोल सुधार समितिले साधारण सभाको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरेको थियो ।