आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

संखुवासभा दुर्घटनामा बसका चालक र सहचालक सहित १४ जनाको मृत्यु

गोकर्णेश्वर खबर२६ फाल्गुन २०७८, बिहीबार १३:३३ मा प्रकाशित (२ साल अघि) ३७२ पाठक संख्या

२६ फागुन, काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा भएको दुर्घटनामा बसका चालक र सहचालक दुवैको मृत्यु भएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएका १४ जनामध्ये १० जनाको सनाखत भएको छ ।

जसमा चालक तेह्रथुम औशीडाँडाका ३५ वर्षीय बिपिन निरौला र सहचालक संखुवासभा मादी नगरपालिका–४ का अन्दाजी ३५ वर्षका उमेश भट्टराईको पनि मृत्यु भएको छ ।

दुर्घटनामा मादी नगरपालिका– ६ का ६ कि अञ्जना कटवाल, ३८ वर्षीय ईन्द्रबहादुर अधिकारी, ५ वर्षीय दीक्षा कटवालको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै अरु मृतकहरुमा मादी नगरपालिका–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहाल, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीय सबिता राउत कार्की रहेका छन् । अझै एक पुरुष, दुई महिला र एक बालकको पहिचान खुलेको छैन ।

दुर्घटनामा घाइते भएकामध्ये पाँच जनालाई हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।