आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

बागमती प्रदेशमा ९६ प्रतिशतले लगाए कोरोना सङ्क्रमणविरुद्धको खोप : मन्त्री निमा लामा

गोकर्णेश्वर खबर९ फाल्गुन २०७८, सोमबार १५:४३ मा प्रकाशित (२ साल अघि) ३७२ पाठक संख्या

९ फागुन, बागमती । बागमती प्रदेशमा कोरोना सङ्क्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना सङ्क्रमणविरुद्धको खोप लगाइसकेको र यो क्रम जारी रहेको मन्त्रालयबाट जानकारी पाइएइको छ । हेटौँडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ । खोप अभियान तीव्ररुपमा सञ्चालन गरिएको र समुदायमा नै पुगेर खोप अभियान सञ्चालन गरिएकाले खोप लगाउनेको सङ्ख्यामा वृद्धि भएको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताए ।

मन्त्री लामाले मकवानपुरको दुर्गम तथा पिछडिएका क्षेत्रमा समेत आफैँ पुगेर कोरोना सङ्क्रमणविरुद्धको खोप अभियानअन्तर्गत शिविर सञ्चालन गरेका थिए । यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा ९० प्रतिशत नागरिकले कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएका छन् ।