आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

निर्वाचन आयोगले माग्यो ४० अर्ब चुनाव खर्च

गोकर्णेश्वर खबर२८ माघ २०७८, शुक्रबार ०८:५२ मा प्रकाशित (२ साल अघि) २०० पाठक संख्या

२८ माघ, काठमाडौं । निर्वाचन आयोगले चुनावका लागि ४० अर्ब माग गरेको छ । चालु आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि मात्रै रु १० अर्ब बराबरको व्यवस्था भए पनि रु ४० अर्ब बराबरको माग आएको छ । अर्थमनन्त्रालयमा हिजो आयोजित चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिएका हुन् ।

निर्वाचन राष्ट्रिय अभियान भएकाले त्यसका लागि साधन र स्रोत उपलब्ध गराउनु सरकारको दायित्व भए पनि आफूहरु चापमा रहेको अर्थमन्त्रीको भनाइ छ । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेको छ ।

निर्वाचनका लागि बजेट व्यवस्थापन गर्न सरकार लागिपरेको जानकारी दिँदै अर्थमन्त्रीले बजेटको जोहो गरिने र निर्वाचन समयमै सम्पन्न गरिने समेत बताए ।