आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

गोकर्णेश्वर ९ शंखडोलबाट हराइरहेका युवक सुन्दरीजलमा मृत फेला

गोकर्णेश्वर खबर२६ माघ २०७८, बुधबार २०:५२ मा प्रकाशित (२ साल अघि) १९८७ पाठक संख्या

काठमाडाैँ । गत बिहीवार बिहान ७ बजेदेखि गोकर्णेश्वर शंखडोलबाट हराइरहेका शिशिर भण्डारी मृत फेला परेका छन् ।

गोकर्णेश्वर नगरपालिका-९ शंखडोलबाट हराइरहेका २७ वर्षीय शिशिर भण्डारी सुन्दरीजलमाथि मुलखर्क भन्ने स्थानमा मृत फेला परेका हुन् । उनको परिवारले दिएको जानकारीअनुसार शिशिर बिहीवार बिहान ७ बजेदेखि हराइरहेका थिए । घरसँगै रहेको पसलको सिसिटिभीमा उनी हरियो डाउन ज्याकेट र निलो ट्राउजर लगाएर हिँडिरहेको देखिएकाे थियाे । त्यसपछिबाट उनी सम्पर्कमा थिएनन् । मुलखर्ककाे जङ्गलको खोचमा उनको शव फेला परेको प्रहरीले जनाएकाे छ । दाउरा काट्नेले शव देखेर स्थानीयलाई खबर गरेका थिए । भण्डारीको मृत्युको कारण पोस्टमार्टम पछी मात्र थाहा हुने प्रहरीले बताएको छ ।