आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

‘एमसीसीलाई निष्कर्षमा लैजान दलका बीचमा भएका छलफल सकारात्मक’

गोकर्णेश्वर खबर२४ माघ २०७८, सोमबार ०८:३७ मा प्रकाशित (२ साल अघि) ३५४ पाठक संख्या

२४ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे दलहरुका बीचमा भईरहेको छलफललाई सकारात्मक बताएका छन् । नेपालमा पूर्वाधारको लागि लगानी आवश्यक भएकोले एमसीसीबाट प्राप्त हुने अनुदान देश विकासमा महत्वपूर्ण हुने भएकोले सोको बारेमा दलहरुका बीचमा भईरहेको छलफललाई सकारात्मक लिनु पर्नेमा मन्त्री कार्कीले जोड दिएका छन् ।

उनले संसद्लाई प्रभावकारी बनाउने, एमसीसीबारे चाँडै निष्कर्षमा पुग्नेलगायतका धेरै विषयहरूमा गम्भीरतापूर्वक छलफल गरिएको बताउँदै आगामी बैठकले त्यसलाई निष्कर्षमा लैजाने बताएका छन् । काँग्रेस नेता समेत रहेका कार्कीले सरकार एमसीसी चाँडो संसद्बाट निष्कर्षमा पुगोस् भन्ने पक्षमा रहेको पनि स्पष्ट पारेका हुन् ।

मन्त्री कार्कीका अनुसार दलहरुका बीचमा धेरै विषयमा गम्भीरतापूर्वक छलफल भएका छन । चाहे संसद्लाई प्रभावकारी बनाउने विषयमा होस् । चाहे एमसीसी एउटा अनुदान हो । यसलाई संसद्बाट छलफल गरेर एउटा निष्कर्षमा पुर्याउने यी विषयहरूमा सकारात्मक ढंगले छलफल भएका छन । र, आगामी छलफलले यसलाई एउटा निष्कर्षमा लैजाने बुझाई मेरो छ । एमसीसीलाई चाँडै एउटा निष्कर्षमा पु¥याउने दिशामा एउटा सकारात्मक छलफल भएको छ । मन्त्री कार्कीले एमसीसी अनुमोदनको विषयलाई चुनावभन्दा पछाडि लैजान नहुने धारणा समेत राखे ।