आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

एकैदिन ११ हजार ३५२ कोरोना संक्रमित थपिए, ४ को मृत्यु

गोकर्णेश्वर खबर५ माघ २०७८, बुधबार १७:१३ मा प्रकाशित (२ साल अघि) ८८ पाठक संख्या

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमुना परीक्षण गर्दा अहिलेसम्मकै धेरै कोरोना संक्रमण भएको छ ।

कोरोनाबाट आज चारजनाले ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ । यो अवधिमा देशभर ६१३ संक्रमणमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँमा ४ हजार ६६६, ललितपुरमा १ हजार १९ र भक्तपुरमा ५७८ गरी काठमाडौँ उपत्यकामा ६ हजार ३४३ जनामा संक्रमण पुष्टि भएको छ ।