आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

उपत्यकामा कोरोना संक्रमण तिव्र, अवस्था भयावह

गोकर्णेश्वर खबर४ माघ २०७८, मंगलवार ०८:४४ मा प्रकाशित (२ साल अघि) १७८ पाठक संख्या

४ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण तिव्र रुपमा बढेको छ । सोमबार थपिएका कोरोना भाइरसका नयाँ संक्रमितमध्ये झण्डै ६० प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा नै थपिएका छन् । देशभर पछिल्लो २४ घण्टामा ६ हजार ७३४ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९३९ संक्रमित थपिएका छन् । यो कुल संक्रमितको ५८.४९ प्रतिशत हो ।

काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन् । कुल १७ हजार ७ सय ६५ जनाको संक्रमण परीक्षण गरिएको थियो । आज ५ सय ४७ जना संक्रमणमुक्त भएका छन्, भने थप ३ जनाको मृत्यु भएको छ ।

थपिएको संख्या तेस्रो लहरको अहिलेसम्मकै धेरै हो । यो सँगै सक्रिय संक्रमित बढेर ३० हजार ८७७ पुगेका छन् । जसमा काठमाडौं उपत्यकामा मात्रै १९ हजार ३८७ जना रहेका छन् । तीमध्ये काठमाडौंका १३ हजार ९८६, भक्तपुरका १ हजार ८४६ तथा ललितपुरका ३ हजार ५५५ जना हुन् ।