आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

परीक्षणको दायरा बढाउन र अहिले नै लकडान नगर्न विशेषज्ञको सुझाव

गोकर्णेश्वर खबर२ माघ २०७८, आईतवार ०७:४९ मा प्रकाशित (२ साल अघि) ३१० पाठक संख्या

२ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा सङ्क्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका बारेमा छलफल गरेका छन् । तीव्रगतिमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रणमा लिन सरकारले विशेषज्ञ चिकित्सकसँग छलफल गरेको हो ।

छलफलमा नेपालमा कोरोना सङ्क्रमणको विद्यमान अवस्था, आगामी दिनमा कसरी अगाडि बढ्ने तथा बढिरहेको सङ्क्रमणदरलाई कसरी रोक्ने भन्ने विषयमा विशेषज्ञले सुझाव राखेका थिए । छलफलमा सहभागी चिकित्सकले अत्यन्तै तीव्रगतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टलाई नियन्त्रणमा लिन सरकारले चाल्नुपर्ने कदमका बारेमा ध्यानाकर्षण गराएका थिए ।

सहभागी विशेषज्ञ चिकित्सकले कोरोना सङ्क्रमण परीक्षणको दायरा बढाउनुपर्ने, काठमाडौँ उपत्यकामा मात्र नभई प्रत्येक जिल्लामा डेडिकेटेड कोभिड अस्पतालल बनाउनुपर्ने, आइसोलेशन सेन्टर, होल्डिङ सेन्टर बनाउनुपर्ने, महामारीविरुद्ध लड्न पर्याप्त जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।