आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

कोरोना नियन्त्रणमा एकजुट हुन प्रधानमन्त्री देउवाको आग्रह

गोकर्णेश्वर खबर१ माघ २०७८, शनिबार ११:१७ मा प्रकाशित (२ साल अघि) २८२ पाठक संख्या

१ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एक जुट हुनुपर्ने बताएका छन् ।

शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमाले कोभिड नियन्त्रणका विषयमा ज्ञापनपत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोना तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले ज्ञापनपत्र बुझ्दै कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्नेमा जोड दिए ।

‘कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’ प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताए ।