आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

माओवादीको निर्वाचन कार्यक्रम संशोधन, आइतबार १ बजेसम्म बन्दसत्र स्थगित

गोकर्णेश्वर खबर१७ पुष २०७८, शनिबार २०:५७ मा प्रकाशित (२ साल अघि) १९७ पाठक संख्या

१७ पुष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनका लागि तय गरिएको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । सहमतिमा सदस्य चयन गर्नका लागि गृहकार्य चलिरहँदा केन्द्रीय निर्वाचन आयोगले कार्यक्रम संशोधनबारे सूचना प्रकाशित गरेको हो ।

यसैगरी, नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र कार्यक्रम स्थगित भएको छ । आइतबार १ बजेसम्मका लागि बन्दसत्र कार्यक्रम स्थगित भएको हो । बन्दसत्र स्थगित गरिएको प्रचार तथा प्रकाशन उपसमितिद्वारा शनिबार साँझ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संशोधित कार्यक्रमअनुसार उम्मेदवारको मनोनयत पत्र दर्ता शनिबारबाट आइतबार २ बजेदेखि ३ः३० बजेसम्मका लागि सारिएको छ । त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशत ५ः४५ बजेसम्म गर्ने र ६ः२५ बजेदेखि १०ः२५ बजेसम्म मतदान गर्ने कार्यतालिका प्रकाशित गरिएको छ ।