आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

विजयकुमार गच्छदार केन्द्रीय सदस्यमा मनोनित

गोकर्णेश्वर खबर१७ पुष २०७८, शनिबार २०:१८ मा प्रकाशित (२ साल अघि) ४३० पाठक संख्या

१७ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज विजयकुमार गच्छदार सहित १० जना नेतालाई केन्द्रिय समिति सदस्यमा मनोनयन गरेका छन् ।

सभापति देउवाले विजयकुमार गच्छदार सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

नेपाली कांग्रेसका पुराना र पाका नेता गच्छदार १४ औं महाधिवेशनमा उपसभापतिमा झिनो मत अन्तरले पराजित भएका थिए । तराई मधेशका पाका नेता गच्छदारलाई केन्द्रिय समिति सदस्यमा मनोनयन गरी कांग्रेस पार्टीलाई तराई मधेशमा अझै बलियो बनाउने सभापतिको उदेश्य रहेको प्रष्ट सन्देश गएको विश्लेषण हुन थालेको छ ।

केन्द्रीय सदस्यमा कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उक्त मनोनयन गरिएको हो ।