आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

सभापति देउवाबाट १० जना केन्द्रीय सदस्यमा मनोनित

गोकर्णेश्वर खबर१७ पुष २०७८, शनिबार २०:०७ मा प्रकाशित (२ साल अघि) ६५ पाठक संख्या

१७ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले १० जना नेतालाई केन्द्रिय समिति सदस्यमा मनोनयन गरेका छन् । सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधी, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

यीमध्ये सिंह र निधीले सभापतिमा चुनाव हारेका थिए । गच्छदार र कोइरालाले उपसभापतिमा चुनाव हारेका थिए । त्यस्तै महतले महामन्त्रीमा चुनाव हारेका थिए ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उक्त मनोनयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विधानअनुसार ३३ जना मनोनित गर्न पाइन्छ । १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा १४ औं महाधिवेशनबाट एक सय ३४ निर्वाचित, एक सभापतिका निकटतम प्रतिस्पर्धी गरी एक सय ३५ जना यसअघि नै भएका थिए ।