आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

माओवादी केन्द्रको उम्मेदवारी दर्ता राति ८ बजेदेखि शुरु

गोकर्णेश्वर खबर१७ पुष २०७८, शनिबार १८:५६ मा प्रकाशित (२ साल अघि) ९८ पाठक संख्या

१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय राति ८ बजेदेखि ८ः३० बजेसम्मलाई तोकिएको छ ।

त्यस्तै ८ः३५ सम्म उम्मेदवारको विरोधमा उजुरीको सूचना दिने, ८ः४० देखि ९ बजेसम्म उजुरीउपर छानबिन र निर्णय, ९ः१० बजे उम्मेदवारको नामावली पुनः प्रकाशन, ९ः३० देखि ११ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय दिइएको छ ।

निर्वाचन कार्यक्रममा ११ः१५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ११ः३० देखि राति ४ बजेसम्म मतदानको समय तोकिएको छ ।