आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

माओवादी केन्द्र महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

गोकर्णेश्वर खबर१७ पुष २०७८, शनिबार १८:१७ मा प्रकाशित (२ साल अघि) ३२५ पाठक संख्या

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी ८ ‍औं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो। उम्मेदवारले मनोनयन पत्र दर्ता साँझ ८ देखि १० बजे गर्न सक्नेछन्।

यसअघि निर्वाचन समितिले १७४२ जना मतदाताको नामावली प्रकाशन गरेको थियो।

उम्मेदवारको मनोनय पत्र दर्ता सूची प्रकाशन १०ः ३० बजे गरिनेछ।

यसैगरी उम्मेदवारको विरोधमा भोलि बिहान ८ बजेदेखि ८ः३० सम्म उजुरी दिन सकिनेछ। भोलि बिहान ११ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।

यसैगरी सहमतिमै केन्द्रीय सदस्य चयन गर्ने प्रयास भइरहेको माओवादीले जनाएको छ।