आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

देउवाले एजेण्डामा प्रतिबद्धता जनाए पछि समर्थन गरेको प्रकाशमान सिंहको दावी

गोकर्णेश्वर खबर१७ पुष २०७८, शनिबार ०९:४० मा प्रकाशित (२ साल अघि) ३३० पाठक संख्या

१७ पुष, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो एजेण्डामा देउवाले प्रतिबद्धता जनाए पछि समर्थन गरेको दावी गरेका छन् । उनले महाधिवेशनमा आफूले सारेका एजेन्डा स्थापित हुने दाबी गरेका छन् । सुक्रबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कांग्रेस क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पार्टी रूपान्तरणका लागि आफुले अघि सारेका एजेन्डा स्थापित हुने बताएका हुन् ।

कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो एजेन्डा पूरा गर्ने प्रतिबद्धता जनाएकाले आफूले समर्थन गरेको भन्दै उनले यस विषयमा आएका आलोचनालाई आफूले सहज रूपमा स्वीकार गर्ने बताए ।

उनले सभापति देउवासँग पार्टी हितविपरीतको कुनै सम्झौता नगरेको स्पष्ट पारे । उनले महाधिवेशनअघि आफूलाई सभापतिको उम्मेदवार बनाउने विषयमा सहमति हुन नसकेकै कारण निर्वाचनमा आफूमाथि घात भएको बताए ।