आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

माग पुरा नभए चुनाव भाँड्ने सिके राउतको चेतावनी

गोकर्णेश्वर खबर१३ पुष २०७८, मंगलवार १९:२० मा प्रकाशित (२ साल अघि) ९३ पाठक संख्या

१३ पुष, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले कुल स्थानीय तहको ५० प्रतिशत मधेसमा बनाउनुपर्ने लगायतको १२ बुँदे माग पूरा नभए निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । उनले तत्कालीन केपी ओली सरकारसँग भएको सम्झौता कार्यान्वयन नभए नर्वाचन हुन नदिने चेतावनी दिएको हो ।

निर्वाचनअघि माग सम्बोधन नभए आन्दोलन गर्न बाध्य हुने राउतले चेतावनी दिएका छन् । निर्वाचन आयोगले एकतर्फी निर्वाचन गराउन खोजे निर्वाचन कार्यतालिका प्रभावित हुने गरी आन्दोलन गर्ने राउतले मंगलबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल सरकारसँग मधेस आन्दोलनको क्रममा भएको ८ बुँदे र स्वराज आन्दोलनको क्रममा भएको ११ बुँदे सम्झौता लागू हुनुपर्ने, सहिद परिवारमध्ये एक जनालाई सरकारले स्थायी जागिर दिनुपर्ने, घाइते आन्दोलनकारीलाई उपचार खर्च उपलब्ध गराउनुपर्ने जनमत पार्टीले माग गरेको छ ।