आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

नेपालमा २६४ कोरोना संक्रमित थपिए, २ को मृत्यु

गोकर्णेश्वर खबर१३ पुष २०७८, मंगलवार १६:५९ मा प्रकाशित (२ साल अघि) १०५ पाठक संख्या

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५३६ जनाको पीसीआर परीक्षणमा २४१ र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २६० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।