आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता

गोकर्णेश्वर खबर१३ पुष २०७८, मंगलवार १६:४४ मा प्रकाशित (२ साल अघि) १५८ पाठक संख्या

काठमाडौँ, पुस १३ गते । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकता भएको छ । मङ्गलबार माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेकपा (जनवादी)बीच एकता भएको हो।

राष्ट्रिय सभा गृहमा कार्यक्रम गर्दै दुई पार्टीबीच एकता भएको हो । निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचन तयारी थालेपछि पार्टीबीच एकता घोषणा कार्यक्रम सुरु हुन थालेका हुन् ।

एमालेबाट विभाजनपछि माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । समाजवादी पार्टीले निर्वाचन आयोगबाट गत भदौ ९ गते दलको मान्यता पाएको थियो । माधव नेपालले त्यसपछि क्रान्तिकारी कम्युनिस्टबीच एकताको घोषणा गर्नुभएको थियो ।

तस्बिर : कबिता थापा