आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

स्थानीय तहको निर्वाचनको तयारीका लागि छलफल

गोकर्णेश्वर खबर१३ पुष २०७८, मंगलवार ०८:०६ मा प्रकाशित (२ साल अघि) ५४९ पाठक संख्या

१३ पुष, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख १४ गतेलाई प्रस्ताव गरेको छ । आसन्न स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा एकभन्दा बढी चरणमा गर्ने भन्ने विषयमा सरकारले सम्बद्ध अधिकारीसँग छलफल भईरहेको छ ।

अहिले थानीय तह निर्वाचनपूर्वको सुरक्षा अवस्था र निर्वाचनका लागि आवश्यक शान्तिसुरक्षा व्यवस्थाका विषयमा सम्बद्ध अधिकारीसँग छलफलका कार्य पनि भईरहेको छ ।

गृह मन्त्रालयमा सोमबार आयोजित छलफलमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, गृह सचिव टेकनारायण पाण्डे, रक्षा सचिव वेगेन्द्रराज शर्मा पौडेल, अर्थ सचिव मधु मरासिनी, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव सुरेश अधिकारी, परराष्ट्र सचिव भरत शर्मा पौड्यालले स्थानीय तहको निर्वाचनका विषयमा आफ्नो धारणा राखेका छन् ।

त्यस्तै नेपाली सेनाका रथी बालकृष्ण कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, गृहको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख मुकुन्दप्रसाद निरौला र नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख डा. भीष्मकुमार भुसाललगायत पनि सहभागी थिए ।