आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक, लोगोभित्र प्रचण्डको पनि तस्वीर

गोकर्णेश्वर खबर७ पुष २०७८, बुधबार २०:०३ मा प्रकाशित (२ साल अघि) ८३ पाठक संख्या

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक भएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा लोगो सार्वजनिक गरिएको हो ।

माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन यही पुस ११ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।

माओवादी केन्द्रले ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ मुख्य नारा तय गरेको छ ।

गोलाकार लोगोभित्र सबैभन्दा माथि विश्व कम्युनिष्ट नेताहरुको चित्र छ । त्यसभन्दा तल माओवादी पार्टीको झण्डा र चुनाव चिह्न बोकेको समूहको छाया चित्रभित्र पार्टी अध्यक्ष प्रचण्डको तस्वीर राखिएको छ ।

सबैभन्दा पुछारमा धार्मिक र ऐतिहासिक सम्पदाको परिचय दिनेगरी मन्दिर, गुम्बा, चर्च र धरहराका चित्रहरु राखिएका छन् ।