आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

माओवादीले शान्ति प्रक्रियामा आएपछिको पार्टीको अवस्था समीक्षा गर्ने

गोकर्णेश्वर खबर७ पुष २०७८, बुधबार १९:५२ मा प्रकाशित (२ साल अघि) ८२ पाठक संख्या

७ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनमा २०६४ सालमा शान्ति प्रक्रियामा आएपछिको पार्टीको अवस्थाको समीक्षा गर्ने भएको छ । शान्ति प्रक्रियामा आएपछि संसद् (संविधानसभा)मा ठूलो दल बनेको माओवादी अहिले तेस्रो दलमा सीमित छ । यो अवस्थामा पार्टी कसरी पुग्यो भन्नेबारे समीक्षा हुने माओवादीले जनाएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी शान्तिपूर्ण राजनीतिमा आएपछिको अवस्थाको समग्र समीक्षा गर्दै आगामी कार्ययोजना समेटेर राजनीतिक प्रतिवेदन लेखिरहेका छन् । १० वर्ष सशस्त्र संघर्ष गरेको माओवादी २०६३ सालमा शान्ति प्रक्रियामार्फत मूलधारको राजनीतिमा सहभागी भएको थियो ।

माओवादीले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ । सम्मेलनमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । राष्ट्रिय सम्मेलनमा ’नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण’ का लागि बहस हुने माओवादीले जनाएको छ ।