आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

गोकर्णेश्वर खबर७ पुष २०७८, बुधबार १९:२५ मा प्रकाशित (२ साल अघि) २१६ पाठक संख्या

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार ती वृद्ध होम आइसोलेसनमा छन् । उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको उनले बताइन् ।

यसअघि मंसिर १९ गते दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । ओमिक्रोन भेरियन्ट प्रभावित मुलुकबाट मंसिर ३ गते आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन भेटिएको थियो ।

अब नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुनेको संख्या तीन पुगेको छ ।