आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

विवेकशील साझाका संयोजक पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन

गोकर्णेश्वर खबर६ पुष २०७८, मंगलवार २०:२६ मा प्रकाशित (२ साल अघि) १०० पाठक संख्या

काठमाडौं । विवेकशील साझा पार्टीले पार्टी संयोजक रहेका मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

अध्यक्ष रवीन्द्र मिश्रले आज संयोजक पाण्डेलाई कारबाही गरेका हुन्। यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए।

आज बसेको कार्यसम्पादन समिति बैठकले संयोजक पाण्डेलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो।

पार्टीको नाम र लेटरहेड, छाप प्रयोग गरेमा पाण्डेलाई कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत मिश्रले दिएका छन्।

पाण्डे पक्षले भने आजै दुई सय सदस्य रहेको समानान्तर केन्द्रीय समिति गठन गरेका थिए।

्पार्टीले लिने वैचारिक एजेन्डाबारे अध्यक्ष मिश्र र संयोजक पाण्डेबीच कुरा मिलेको थिएन।

यसैबीच पाण्डेले आफूमाथि कारबाही गरिएकोबारे प्रतिक्रिया दिँदै अध्यक्ष मिश्रले अवैध रूपमा बैठक बोलाएर कारबाही निर्णय गरेको बताएका छन्।

उनले कारबाही अस्वीकार गर्ने बताएका छन्।

‘पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक र राजनीतिक विधिमार्फत नै हल गर्नुपर्नेमा सो विपरीत ुपार्टीबाट निष्कासनु गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु म दुराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु,’ पाण्डेले भनेका छन्।

उनले पार्टीमा देखिएको विवाद निर्वाचन आयोगले हेर्ने पनि विश्वास व्यक्त गरेका छन्। ‘कानुनी रूपमा हाम्रो मुद्दा निर्वाचन आयोगले हेर्दै छ। मलाई विश्वास छ, निर्वाचन आयोगमा बुझाइएको किर्ते दस्ताबेजलाई आयोगले खारेज गर्नेछ। त्यहाँबाट न्याय नपाए अदालतले न्याय दिनेछ,’ उनले भनेका छन्।