आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

देउवाले नै सम्हाले रक्षा मन्त्रालयको जिम्मेवारी

गोकर्णेश्वर खबर५ पुष २०७८, सोमबार २१:०५ मा प्रकाशित (२ साल अघि) ८२ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिएकी हुन्।

रक्षा मन्त्री मीनेन्द्र रिजालले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम मन्त्री पदबाट राजीनामा दिएकोले प्रधानमन्त्रीको सिफारिसमा उनलाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

यसअघि कांग्रेस १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजय भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।