आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

कांग्रेस खुला महिलातर्फ केन्द्रीय सदस्यको मत गणना बिहान ९ बजेदेखि

गोकर्णेश्वर खबर५ पुष २०७८, सोमबार ०८:१७ मा प्रकाशित (२ साल अघि) ६७ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसले खुला महिलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मतगणनालाई अगाडि बढाएको छ।

आइतबार खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएसँगै खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो।

कांग्रेस निर्वाचन समितिकाअनुसार आइतबार बेलुकी चार सय मत गनिएको थियो। आज बिहान ९ बजेदेखि फेरि मतगणनालाई अघि बढाइने निर्वाचन समितिले जनाएको छ।

खुला महिलातर्फ ९ जना निर्वाचित हुने व्यवस्था छ। चुनावी मैदानमा भने ३० जना उत्रिएका थिए।

साथै निर्वाचन समितिले मधेशी कलष्टरतर्फ केन्द्रीय सदस्यको मतगणना पनि सुरू गरेको जनाएको छ। मधेशी कलष्टरतर्फ चार जना निर्वाचित हुने व्यवस्था छ।