आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

नेपाली कांग्रेस बागमती सभापतिमा देउवा पक्षका इन्द्र बहादुर बानियाँ विजयी (फोटो फिचर )

गोकर्णेश्वर खबर२० मंसिर २०७८, सोमबार ०१:०४ मा प्रकाशित (२ साल अघि) १४८ पाठक संख्या

हेटौंडा । नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ईन्द्र बहादुर बानियाँ निर्वाचित भएका छन् ।
दोस्रो चरणको निर्वाचनमा संस्थापनइतर पक्षका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई पराजित गरेका हुन ।

बानियाँले १ हजार ८५ मत प्राप्त गरे । केसीले ९ सय २७ मत पाए ।
यसअघि पहिलो चरणको निर्वाचनमा बानियाँले ९ सय ९२ र केसीले ८ सय ७२ मत ल्याएपछि आज दोस्रो चरणको मतदान भएको थियो ।

पहिलो चरणमा तेस्रो भएका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका थिए ।

सभापति शेरबहादुर देउवानिकट बानियाँ वागमती प्रदेश संसदीय दलका नेतासमेत हुन् ।