आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

वाग्मती प्रदेश सभापतिमा फेरी मतदान हुने, कसैकाे ५१ प्रतिशत मत पुगेन

गोकर्णेश्वर खबर१९ मंसिर २०७८, आईतवार ०७:२६ मा प्रकाशित (२ साल अघि) ९४ पाठक संख्या

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा सबैभन्दा बढी मत ईन्द्र बानियाँको आएको छ । हिजो भएको निर्वाचनको मध्यरात १२ बजेदेखि मतगणना भएको थियो । बिहान साढे ४ बजे मतगणना सकिएको हो ।
सभापतिमा संस्थापन पक्षका इन्द्रबहादुर बानियाँले ९९२ मत ल्याएका छन् भने संस्थापनइतर पक्षका जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका छन्। तेस्रो हुने भीमसेनदास प्रधानले १९७ मत ल्याएका छन्।

पहिलो हुने बानियाँले ४८ प्रतिशत मतमात्र प्राप्त गरेका कारण उनी पुन निर्वाचनमा उत्रनुपर्ने हुन्छ। कांग्रेसको बिधानमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान अनुसार सभापतिमा पुन मतदान हुने भएको छ। अब पहिलो हुने बानियाँ र दोस्रो हुने केसीबीच आइतबार पुनः मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कुल २१ सय ५१ मतमध्ये २०८३ मत खसेको थियो छ।