आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

नेपाली काँग्रेस वाग्मती प्रदेशको मतदान सुरु, मतदान राति १० बजेसम्म

गोकर्णेश्वर खबर१८ मंसिर २०७८, शनिबार १९:४२ मा प्रकाशित (२ साल अघि) २२४ पाठक संख्या

हेटौंडा । हेटौंडामा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको प्रदेश अधिवेशनमा मतदान जारी छ । बिहान ९ बजेदेखि शुरु हुने भनिएको मतदान प्रक्रिया साँझ ५ बजेमात्र शुरु भएको हो । मतदान ढिलाइ भएपछि मत हाल्न लामबद्ध प्रतिनिधिहरुले निर्वाचन अधिकृतविरुद्ध नाराबाजीसमेत गरेका थिए।
मतपत्र आइनसकेकोले मतदान केही समय ढिला हुने निर्वाचन समितिका संयोजक अधिवक्ता केशवप्रसाद काफ्लेले जनाएका थिए।

उम्मेदवारको नामावली प्रकाशन र मतपत्र छपाइमा ढिलाई भएकाले मतदान प्रक्रियामा ढिलाई भएको काफ्लेले बताए । हिजो मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशनमा गडबड भएकाले पनि मतदान शुरु हुन अबेर भएको हो ।

आफ्नो नाम छुटेपछि उम्मेदवारहरुले निर्वाचन समितिमाथि प्रश्न उठाएका थिए ।

बागमतीमा सभापतिका लागि ३ जनाको उम्मेदवारी परेको छ । हेटौंडाको वन विज्ञान अध्यन सस्थानको खेल मैदानमा मतदान स्थल निर्माण गरिएको छ । मतदानका लागि ९ वटा बुथ बनाइएको छ ।

जसमा काठमाडौंका ३ वटा र अन्य जिल्लाका ६ वटा रहेका छन् । बागमतीमा २१ सय ३७ मतदाता रहेका छन् ।