आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

माओवादी र समाजवादीले नाम दिएपछि मन्त्रिपरिषद विस्तार हुँन्छ : प्रधानमन्त्री देउवा

गोकर्णेश्वर खबर२२ भाद्र २०७८, मंगलवार २१:०१ मा प्रकाशित (२ साल अघि) १५९ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलहरुले नाम दिएपछि मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् ।

मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै देउवाले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले नाम दिएपछि मन्त्रिपरिषद विस्तार गर्ने बताएका हुन् ।

‘एमाले (हालको एकीकृत समाजवादी), माओवादी मिलेर सरकार बनेको सबैलाई थाहा छ । उनीहरुसँग सल्लाह गर्नुपर्छ । उनीहरुले नाम पठाएपछि सरकारले पूर्णता पाउँछु देउवाले बैठकमा भने ।

गत असार ३२ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाको मन्त्रिपरिषद हालसम्म ६ सदस्यीय मात्र छ । सरकार गठनको दुई महिना हुन लाग्दा पनि मन्त्रिपरिषद विस्ता हुन नसकेको भनी देउवाको आलोचना भइरहेको छ ।