आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

देशका अधिकाशं स्थानमा वर्षा, सतर्क रहन आग्रह

गोकर्णेश्वर खबर१३ भाद्र २०७८, आईतवार ०८:४० मा प्रकाशित (२ साल अघि) १७२ पाठक संख्या

काठमाडौं । हाल (आइतबार बिहान) मौसम देशभर सामान्यदेखि पूर्णसम्म बदली छ।

साथै प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (दिनमा) देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।

यस्तै राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाको छ।